aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पल्स अक्सिमिटर कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ बैशाख २०७८
पल्स अक्सिमिटर कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

काठमाडौं।बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ । घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरीले दाबी गरेको छ । कालोबजारी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस