aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना संक्रमणका कारण एनटीएका उपाध्यक्ष दिनेश दाहालको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ बैशाख २०७८
कोरोना संक्रमणका कारण एनटीएका उपाध्यक्ष दिनेश दाहालको निधन

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ ।उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जानकारी दिए । दाहाल धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।

तेक्वान्दोको पहिलो गीत मानिएको ‘छातीमाथि सेतो हिमाल, हिउँजस्तै पहिरन’ बोलको गीत उनले नै गाएका थिए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी दाहाल जनप्रहारका पूर्वसम्पादक र कमाण्डर पोस्टमा पनि आबद्ध थिए । पछिल्लो समय उनी सी पोस्ट न्युज डटकमका सम्पादक/प्रकाशक थिए ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व. दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस