aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अक्सिजन ग्यासको अभाव भएको भन्दै चार अस्पतालले उठाए हात (विज्ञप्तिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ बैशाख २०७८
अक्सिजन ग्यासको अभाव भएको भन्दै चार अस्पतालले उठाए  हात (विज्ञप्तिसहित)

काठमाडौँ ।अक्सिजन ग्यासको अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको छ ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो ।

अस्पतालले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सिमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ ।यस अघि अल्का अस्पतालले पनि अक्सिजन ग्यासको अभाव भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस