
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालगायतसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिनसक्ने छन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस