aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । 

सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन अझै यो लकडाउन १७ मेसम्म जारी रहने केजरीवालले  बताए ।गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।

दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस