aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
८८५० जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८८ जनाको मृत्युृ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
पछिल्लो २४ घण्टामा  कोरोनाबाट  ८८ जनाको मृत्युृ

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस