
काठमाडौं। यस आपतकालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक सेवा पुर्याउदै आएका गाडीहरुको मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ध्यानमा राख्दै सबै शाखाहरु बन्द गरिएको भए पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको सिप्रदीले जनाएको छ ।
सिप्रदीबाट एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिइरहेकोे कम्पनीले जनाएको छ ।
यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
यो सेवा अति आवश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४ औ घण्टा सेवामा समर्पित रहेको छ । केही परि आएको अवस्थामा १६६००१५५७७७ (एनटिसी) वा ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस