aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सर्वोत्तम सिमेन्टद्वारा सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
सर्वोत्तम सिमेन्टद्वारा सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण

काठमाडौं । सर्वोत्तम सिमेन्टले सामाजिक उत्तरदायित्व पुरा गर्दै सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । 
कम्पनीका नारायण प्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लो मिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरूले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ । 

प्रतिक्रिया दिनुहोस