aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

काठमाडौं । अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए  । 

यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो ।  “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ” सूचना भनिएको छ । 

आइतवार मात्र सिसिएमसीले सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

प्रतिक्रिया दिनुहोस