aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

​काठमाडौं उपत्यकामा संक्रमित घटे, कहा कहा बढे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ बैशाख २०७८
​काठमाडौं उपत्यकामा संक्रमित घटे, कहा कहा बढे ?

काठमाडौं । काठमाडौं उपत्यकामा भने पछिल्लो २४  घण्टामा संक्रमितको संख्या घटेको छ ।  काठमाडौं उपत्यकामा पछिल्लो  २४ घण्टामा ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४१९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३१६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस