aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

शुक्रराज अस्पतालमा रोकियो पिसिआर परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ बैशाख २०७८
शुक्रराज अस्पतालमा रोकियो पिसिआर परीक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा  किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए ।  

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उनले भने, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।

प्रतिक्रिया दिनुहोस