काठमाडौं । नेपालमा ९४८३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९४८३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ रहेको छ । संक्रमित मध्ये तीन लाख १२ हजार १९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २२५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस