aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ बैशाख २०७८
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

काठमाडौं ।  अन्तर्राष्ट्रिय उडानको प्रतिवन्ध थप भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध रहने जनाएको छ ।  

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

प्रतिक्रिया दिनुहोस