काठमाडौं । अक्सिजनमा लगाएको कोटाले अकल्पनीय घटना घट्न सक्ने नर्भिक इन्टरनेशनल हस्पिटलले चेतावनी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको भन्दै यहि अवस्था जारीरहे अकल्पनीय घटना घट्न सक्ने संकेत गरेको हो ।
राज्यको अनुदार नीतिले झन समस्यालाई बल्झाएको भन्दै हस्पिटलले यहि अबस्था रहे सर्वसाधारणलाई सहज उपचार दिने नसकिने बताएको छ।
आफूलाई ’कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरि सेवा प्रदान गरेको दाबी गर्दै हस्पिटलले यस्तो अवस्थामा अक्सिजन लगायत अन्य उपचार सामग्री
उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नखिने विज्ञप्ति मार्फत जनाएको छ।
साथै स्थिति काबु बाहिर नजाओस भनि नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा
अत्यन्त सुझबुझ र विवेकशील भै आ–आफ्नो दायित्व निर्वाह गरिदिनुहुन आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस