aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोबाइलबाट ३२१०० मा फोन गर्नुहोस्, आफूलाई चाहिएको खबर सित्तैमा थाहा पाउनुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
मोबाइलबाट ३२१०० मा फोन गर्नुहोस्, आफूलाई चाहिएको खबर सित्तैमा थाहा पाउनुहोस्

काठमाडौं । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारीमा ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिस्टम हो । जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपद्सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ । 

नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ । 

सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् । 

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने छ ।  यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस