aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थपिए ८९६० जना कोरोना संक्रमित, २१४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
थपिए ८९६० जना कोरोना संक्रमित, २१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा ८९६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८९६० जना नयाँ संक्रमित थपिएका हुन् ।      
           
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ रहेको छ । संक्रमित मध्ये तीन लाख  २१ हजार ५१८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ रहेको छ ।       
    
पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २१४ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस