
काठमाडौं । नेपालमा ८५२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणकाट ८४६७ जना र एन्टीजेन परिषणबाट ५३ जना गरि जम्मा ८५२० जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ रहेको छ । संक्रमित मध्ये तीन लाख २७ हजार ६५३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६१३५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २०३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस