aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब बिदेशबाटै नेपालमा टिभी किन्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
अब बिदेशबाटै नेपालमा टिभी किन्न मिल्ने

काठमाडौ । नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रा. लि.सँग साझेदारी गरेको छ ।

हिम इलेक्ट्रोनिक्स प्रा. लि.का तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले उक्त सम्झौतामा हस्ताक्षर गरेको छ । 

सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । 

यो शेवा सोमबारदेखि लागू हुने जनाएको छ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यो सुविधा ल्याएको जनाएको छ । 

यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने,  काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउने । 

त्यसपश्चात, यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टिभी घर लग्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस