
काठमाडौं । नेपालमा ७३६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३१६ जना र एन्टिजन परिक्षण गर्दा ५२ जना गरि जम्मा ७३६८ जना नयाँ संक्रमित थपिएका हुन् ।
हाल संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ रहेको छ । पछिल्लो २४ घण्टामा ६६४८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १४५ रहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा २९२ जना, ललितपुरमा ४३६ जना र काठमाडौंमा १८८१ जना गरि जम्मा २६०९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
प्रतिक्रिया दिनुहोस