aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोना संक्रमित र मृत्युको संख्या फेरि बढ्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
कोरोना संक्रमित र मृत्युको संख्या फेरि बढ्न थाल्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएका छन् । ३ दिन लगातार मृतक र  संक्रमितको संख्या घटेको नेपालमा सोमबार पुन बढेको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पनि एकै दिन २१४ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस