aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ जेठ २०७८
चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिँदै

काठमाडौं । निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

नेपाः हिमा टे«ड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए ।

चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस