
काठमाडौं । जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत निर्णय गरेको छ ।
त्यस्तै, नुवाकोटमा निषेधाज्ञा १५ दिन थप गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको हो ।
गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस