
एजेन्सी। पछिल्ला दिनमा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न थालेको देखिएको छ। तर पनि मङ्गलवार भाइरसको कारण हुने दैनिक मृत्युमा रेकर्ड भने कायम नै रह्यो। हालसम्म भारतमा सङ्क्रमितको सङ्ख्या २ करोड ५० लाख पुगेको छ।
मङ्गलवार त्यहाँ २ लाख ६० हजार नयाँ सङ्क्रमित थपिए। त्यसै गरी ४ हजार ३ सय ३२ जनाको मृत्यु भयो। यसैबिच भारतमा विश्वको सबैभन्दा ठुलो खोप उत्पादकहरू मध्ये एक सीरम इन्स्टिच्युटले भारतीय नागरिकका लागि तीव्र गतिमा खोप उत्पादन गरिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
"हामी उत्पादनलाई व्यापक बनाउन र भारतलाई प्राथमिकता दिन प्रयासरत छौँ," मङ्गलवार सीरमका सिइओ अदार पूनावालाले भने, "हामी पनि यस वर्षको अन्त्यसम्म कोभाक्स अन्य देशहरूमा समेत पुर्याउने छौँ ।"
इन्डियन मेडिकल एसोसिएसनका अनुसार हालसम्म त्यहाँ २४४ जना डाक्टरहरूले कोरोनाको दोस्रो लहरमा आफ्नो ज्यान गुमाएका छन्। ती मध्ये ५० जनाको त गएको मात्र मृत्यु भएको हो। सबैभन्दा बढी मृत्यु हुनेहरू विहार छ। त्यहाँ ६९ जना डाक्टरको मृत्यु भयो। त्यसपछि उत्तर प्रदेशमा ३४ र दिल्लीमा २७ जना चिकित्सकको मृत्यु भएको छ।
स्मरणीय यो छ कि नेपालले समेत खोपको आशा गरेको भारतमा नै समेत फ्रन्टलाइनमा रहेर कोरोना विरुद्ध सङ्घर्ष गरिरहेका जम्मा ६६ प्रतिशत डाक्टरले मात्र खोप लगाउन पाएका छन्। कोपको आपूर्ति हुन नसक्दा यसरी त्यहाँ डाक्टर नै मृत्युको मुखमा पुग्नु परेको भन्दै भारतका स्वास्थ्यकर्मीहरू आक्रोशित छन्।
प्रतिक्रिया दिनुहोस