
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको कोरोनाका कारण निधन भएको छ । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।
२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस