aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युतीय भुक्तानी प्रणालीलाई सहजीकरण गर्न प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
विद्युतीय भुक्तानी प्रणालीलाई सहजीकरण गर्न प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

    
काठमाडौं ।  मोबाइल तथा डिजिडल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी पत्रमा सम्झौता भएको छ ।     
     
 राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेका थिए ।      
     
 मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।     
     
 साथै दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकताअनुसार नीति निर्माण कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी  ६ जनाको एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ ।  

प्राधिकरणका  प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार, डिजिटल भुक्तानीका सेवाहरु वृद्धि भइरहेकाले दूरसञ्चार र इन्टरनेटको प्रयोगबाट गरिने वित्तीय कारोबारमा आइपर्ने समस्यालाई समाधान गर्न अब सजिलो हुने बताए ।   

प्रतिक्रिया दिनुहोस