
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै आज १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै शुक्रबार ७८९० जना निको भएर घर फर्केका छन् ।
काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस