aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप १२९ को मृत्यु, २४ घण्टामा ८९८० जनामा सङ्क्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ जेठ २०७८
थप १२९ को मृत्यु, २४ घण्टामा ८९८० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ। पछिल्ला दिनमा कोरोना सङ्क्रमित र कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या घट्न थालेको छ। यसै क्रममा पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा  १२९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८८४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

थप १२९ जनाको मृत्युसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार १५३ पुगेको छ । मन्त्रालयले जनाए अनुसार हाल देशभर सक्रिय सङ्क्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन्। अहिले सङ्क्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस