
काठमाडौं । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले विभिन्न स्वास्थ्य सामाग्री शनिवार वितरण गरेको छ । समितिले रामेछापको खाडादेवीँ गाउँपालिका अन्तर्गत भोटेचौरको स्वास्थ्य चौकी, खाडादेवीँ आधारभूत स्वास्थ्य चौकी, भीमसेन स्थान स्वास्थ्य इकाई, भलाखर्कको प्रस्थापित लाप्का पधेरो, भिरपानीको समुदायकी स्वास्थ्य इकाई, आपचौरको भिरपानी स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नर्मल बेड सेट, सिटामोल सिरफ, सिटामोल, जिङ्क ट्याब्लेट, भिटामिन सि-माक्स, सेनिटाईजर, अक्सोमिटर, थर्मामिटर, ह्यान्ड वास, मास्क, फेससील्ड, मल्टी भिटामिन वितरण गरिएको समितिले जनाएको छ ।
सम्पर्क समितिको अध्यक्ष राजनारायण श्रेष्ठ ,ने.का जिल्ला आमन्त्रित सदस्य समाजसेवी रामकृष्ण ढुङ्गेल, ने.का प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ, प्रदेश क्षेत्रीय सदस्य बिराज श्रेष्ठ, नेपाल तरुण दल क्षेत्रीय उपाध्यक्ष सुजन ढुङ्गेल र नेबि संघ काठमाडौं सम्पर्क समिति अध्यक्ष विष्णु श्रेष्ठ र नेता बालकृष्ण थापाबाट उपलब्ध स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस