aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग

काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २००  सिलिण्डर अक्सिजन सहयोग गरेको छ । 

राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा ९एमाले० नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु गरेका हुन् । मन्त्री पाण्डेले  महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित  उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) को सम्मानप्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष छन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको बताए। उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट  डा दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो ।  सिलिण्डर दैनिक १०÷१० का दरले पठाइनेछ । 

प्रतिक्रिया दिनुहोस