aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोनाका कारण १९३ जनाको मृत्यु, निको हुने दर ८३.०३ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
कोरोनाका कारण १९३ जनाको मृत्यु, निको हुने दर ८३.०३ प्रतिशत

काठमाडौं । २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । ७६६४ जना निको भए छन भने निको हुने  दर ८६ं.०३ प्रतिशत छ । 

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । त्यस्तै, उपत्यकामा आज जम्मा २ हजार ८२१ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

प्रतिक्रिया दिनुहोस