aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

इसेवा भर्चुअल फिस्टा, दशहजार विद्यार्थीले निशुल्क भाग लिन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
इसेवा भर्चुअल फिस्टा, दशहजार विद्यार्थीले निशुल्क भाग लिन पाउने

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । यस भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिनेछ । यस कार्यक्रममा कार्यशाला तथा  अन्तरक्रियाका शत्रहरू सञ्चालन हुने कम्पनीले जनाएको छ । 

यस कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने  अपेक्षा राखिएको छ । यसबाट विद्यार्थीहरूको लागि ब्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् । 

जेठ ७ गते शुक्रबार देखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुनेछ ।  यस कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण हुनेछ । सोही फेशबुक पेजमा गइ आफु सहभागी समेत हुन सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस