aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोनाका कारण साहित्यकार डा. गिरिको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
कोरोनाका कारण साहित्यकार डा. गिरिको निधन

काठमाडौं । साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिए । 

त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा  रथारोहण गराइनाका साथै पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब  रु  सात करोड बराबर छ संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । 
    
गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएका थिए । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध थिए । नेपाली भाषासाहित्यमा विद्यावारिधि९गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२० उहाँ पहिलो नारी थिए । 

डा गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्धारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ ९२०७०० प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेका छन् । 

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।  डा गिरिका पति, एक छोरा र एक छोरी छन् ।  फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।  

प्रतिक्रिया दिनुहोस