
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७४२५ संक्रमित थपिएका छन् भने १८५ जनाको मृत्यु भएको छ । त्यस्तै, ७ हजार १३५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्ममा देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस