aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

पूर्वमहालेखा परीक्षक दाहालको निधन

  • रासस
    रासस
  • सोमबार, १० जेठ २०७८
पूर्वमहालेखा परीक्षक दाहालको निधन

ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ ।  कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उहाँका भतिजा सुमनले बताए । कोरोना संक्रमण हुनुअघि उहाँमा कुनै रोगको समस्या थिएन ।  दाहालका २ छोरा छन् । 

प्रतिक्रिया दिनुहोस