
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । त्यस्तै २४ घण्टाभित्र ८६३६ जनामा संक्रमण पुष्टि भएको छन् । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस