aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

काठमाडौं उपत्यकामा  निषेधज्ञा झन् कडा बनाईदै, हेर्यौं कुन कुन सवारी साधन दिउँसो चलाउन पाइँदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
काठमाडौं उपत्यकामा  निषेधज्ञा झन् कडा बनाईदै, हेर्यौं कुन कुन सवारी साधन दिउँसो चलाउन पाइँदैन

 काठमाडौं । निषेधज्ञाको समयमा पनि सवारीसाधनको धेरै नै चहलपहल भएको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले अत्यावस्यकका सवारीसाधनलाई पनि दिउँसोमा सञ्चालन गर्न नदिइने भएको छ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई समेत दिउँसो चल्न नदिने निर्णय गरेको छ ।
 सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने जिल्लाको प्रशासन कार्यालयल स्रोतले जनाएको छ।

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस