aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन्दीप लामिछाने सिपिएलको ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
सन्दीप लामिछाने सिपिएलको ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । 

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन । सन् २०१८ मा उन पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित र्थिए । 

यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा  सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिएयो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ । रासस

प्रतिक्रिया दिनुहोस