aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

लुम्बिनीमा मनाइयो बुद्ध जयन्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
लुम्बिनीमा मनाइयो बुद्ध जयन्ती

भैरहवा । कोभिड १९ ले प्रभावित क्षेत्र लुम्बिनी मा आज एक विशेष कार्यक्रम का बिच बुद्ध जयन्ति मनाइएको छ । सामाजिक दुरि कायम गरि लुम्बिनी प्र देशका मुख्य मन्त्री शंकर पोखरेलको पर्मुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लुम्बिनीको गुरुयोजना सफल पार्न ढिला नगरी काम अगाडि बढाइएको बताउँदै कोभिडले बृहत्तर कार्यक्रम गर्न नसकिएको बताए । लुम्बिनीमा विश्व का मोनाश्लिहरु रहेकोले लुम्बिनीको पर्चार विश्वमा भएको उनले बताए । लुम्बिनीमा ५ हजार जना अट्ने हल निर्माण सम्पन्न हुन लागेकोले आगामि कार्यक्रमहरु सोहि हलमा गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेयले बताए  ।

लुम्बिनीको गुरुयोजना सम्पन्न गर्न केन्द्र सरकारले बजेट अभाव हुन नदिने भनेर पत्राचार गरेकोले काम तिब्र गतिमा भइरहेको बताउँदै अहिले पोखरि निर्माणको काम भएको मेतेयले बताए । लुम्बिनीमा गत वर्ष ५ हजार फलफूलका बिरुवा लगाइएकोमा यश वर्ष २५ हजार बिरुवा लगाउने भन्दै आज वृक्षरोपण कार्यको शुभारम्भ गरिएको उपाध्यक्षले बताए । कार्यक्रम बिहान ७ बजे देखि ११ बजे सम्म चलेको थियो । 

प्रतिक्रिया दिनुहोस