aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सङ्क्रमित हुने भन्दा निको हुने धेरै, मृत्यु हुनेको सङ्ख्या पनि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
सङ्क्रमित हुने भन्दा निको हुने धेरै, मृत्यु हुनेको सङ्ख्या पनि घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाको ज्यान गएको छ । थप नयाँ ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस