
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको चिनियाँ राजदूत हाउ यान्छीले ट्विट मार्फत सार्वजनिक गरेकी छिन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेको राजदूत हाउ यान्छीले आफ्नो ट्पिवटमा उल्लेख गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस