काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट संक्रमित हुने र मृत्यु हुने दुबैको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित थपिएका छन भने १०६ जनाको ज्यान गएको छ । त्यस्तै विहीबार मुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस