
नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मिडिया र वैज्ञानिकहरूले कोरोनाभाइरसको उत्पत्ति वुहान-स्थित ईन्स्टिच्युट अफ वायरोलॉजीबाट भएको भनेर आरोप लगाएपछि चिनियाँ राज्य मिडिया देश र यसको सत्तारूढ प्रबन्धको पक्षमा उत्रेको छ र अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्टनी फौसीलाई चीन बिरूद्ध अफवाह फैलाएकोमा निशाना बनाएको छ।
ग्लोबल टाइम्सका एडिटर-इन-चीफ हू छीजिन ले फाउसीलाई वुहानको प्रयोगशालाबाट यो भाइरस लिक भएको "पुरानो र आधारहीन" कथनलाई प्रचारित गर्ने प्रयास गरेको आरोप लगाएका छन्। "विशेषज्ञता र प्रभावको हिसाबले, फौसी जस्ता अमेरिकी विज्ञहरू चिनियाँ शीर्ष विशेषज्ञसँग मेल खान सक्दैनन्।" हूले लेखे।
"अमेरिकी विज्ञहरू महामारीलाई बुझ्न र एन्टि भाइरसको लडाईमा प्रभावकारी कदम चाल्ने कुरामा चिनियाँ समकक्षहरू भन्दा कमजोर छन्," उनले थपे। 'यूनाइटेड फैक्ट्स ऑफ अमेरिका: ए फेस्टिवल ऑफ फैक्ट-चेकिंग' नामक एक भर्चुअल कार्यक्रममा फौसीलाई सोधिएको थियो कि के उनी पूर्ण रूपमा यो भाइरस "स्वाभाविक रूपमा विकसित भएको" सिद्धान्त मा आश्वस्त छन्?
"मलाई पक्का विश्वास छैन ... मलाई लाग्छ कि चीनमा के भएको हो भन्ने बारे हामीले अनुसन्धान गरिरहनु पर्दछ। हामीले हाम्रो क्षमताले भ्याएसम्म सत्य तथ्य पत्ता लगाउनु जरुरी छ।" नेशनल इन्स्टिच्युट र एलर्जी र संक्रामक रोगका निर्देशक फौसीले भने।
"पक्कै पनि, यसको अनुसन्धान गर्ने व्यक्तिहरूले यो सम्भावित जनावर भण्डारबाट उत्पन्न भएको बताएका थिए जो पछि व्यक्ति लाई सर्न गयो। तर यो अरू केहि हुन सक्थ्यो र हामीले त्यो पत्ता लगाउनु आवश्यक छ। त्यसैले मैले भने कि म त्यस्ता अनुसन्धानको पक्षमा छु जसले सही रुपमा भाइरस को उत्पत्ति बारे जानकारी दिन सक्दछ।" उनले थपे।
यो र वाल स्ट्रीट जर्नलमा प्रकाशित अमेरिकी गुप्तचरको भर्खरको रिपोर्ट अनुसार नोभेम्बर २०१९ मा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन वैज्ञानिकहरू अस्पतालमा भर्ना भएका थिए। यस तथ्यले फेरि एकपटक के भाइरस को उत्पत्ति त्यसै लाब बाट भएको हो भन्ने प्रश्नहरू सोध्न उत्साहित बनाएको छ।
उक्त अखबारका अनुसार उक्त रिपोर्टले प्रभावित भएका अनुसन्धानकर्ताहरूको संख्या, उनीहरू संक्रमित भएको समय, र उनीहरूको अस्पतालको भ्रमणका बारे ताजा विवरण उपलब्ध गराएको छ। जसले कोविड १९ को भाइरस सोही लाब बाट रिसाव भएको हुन सक्ने सम्भावनालाई अझ बल दिएको छ र विस्तृत अनुसन्धानको माग अगाडि बढाएको छ।
उक्त रिपोर्ट पछि संयुक्त राज्य अमेरिकाले सार्स-कोभ -२ को उत्पत्ति र मानव जनसंख्यामा यसको संक्रमण मार्गको “पारदर्शी” दोस्रो चरणको अनुसन्धानको माग गर्यो।"कोविड उत्पत्ति अध्ययन को दोस्रो चरण पारदर्शी ढंगले विज्ञानमा आधारित र अन्तर्राष्ट्रिय विज्ञहरूलाई भाइरसको स्रोत र प्रकोपको शुरुका दिनहरूको पूर्ण मूल्यांकन गर्न स्वतन्त्रता दिएर हुनुपर्छ।" अमेरिकी स्वास्थ्य सचिव जेभियर बेसेराले विश्व स्वास्थ्यको ७४औं सम्मेलनमा (डब्ल्यूएचए) एक भिडियो सन्देशमा भने।
मार्चमा एक अष्ट्रेलियाली रिपोर्ट मा यस्तै विवरण पेश गरिएको थियो। अर्को एक ग्लोबल टाइम्स लेखमा द वाल स्ट्रीट जर्नल रिपोर्टलाई "आधारहीन स्रोतबाट आएको झुठ" भनेर वर्णन गरिएको थियो।
“यो एक स्पष्ट झूट हो, अमेरिकी गुप्तचर एजेन्सीहरू र मिडिया आउटलेटले चीनको बदनामी गर्ने षडयंत्र गरेको छ र चीनले यसलाई अस्वीकार गरेको छ। के फौसीले त्यस्ता लाइनहरू दोहोर्याउनु केवल संयोग हो?" ग्लोबल टाइम्सको एक रिपोर्ट मा भनिएको छ।
यसैबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने कि वुहान इन्स्टिच्युट अफ भाइरोलजी डिसेम्बर ३०,२०१९ भन्दा अघि कहिल्यै पनि कोविड १९ को सम्पर्क मा आएको थिएन र यसका कर्मचारी र स्नातक विद्यार्थीहरू बीचमा "शून्य संक्रमण" रेकर्ड भैरहेको छ।
"अमेरिकाले तथाकथित" "लैब रिसाव सिद्धांत" लाई निरन्तरता दिनु को पछाडी वास्तविक उद्देश्य के हो ?यसले वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन मात्र चाहेको हो या अन्य केही बाट ध्यान केन्द्रित गर्न चाहान्छ? ”झाओले एक प्रेस सम्मेलन मा अलंकारिक रुपमा सोधे। इण्डिया न्युजनेटवर्क
प्रतिक्रिया दिनुहोस