
एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका केसहरू लगातार घटिरहेको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।
उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब बेडको कमी छैन । सबै किसिमका बेड उपलब्ध छन् ।’
उनले थपे, ‘अब लकडाउन खुलाउने बेला आएको छ । हामी कोरोनालाई नियन्त्रण पनि गर्छौं अनि आर्थिक गतिविधि पनि शुरू गर्छौं । सोमवार बिहान ५ बजेसम्म मात्र लकडाउन रहनेछ । बडो मुश्किलले कोरोना नियन्त्रणमा आएको छ । हामी बिस्तारै लकडाउन खोल्नेछौं ।’
‘हामी दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिनेछौं । निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो । विशेषज्ञहरूसँग सल्लाह लिएर बिस्तारै अन्य कुरा पनि खोल्दै जानेछौं । सबैजना सतर्क हुन जरूरी छ । केस फेरि बढेछ भने पुनः लकडाउन लगाउनुको विकल्प रहने छैन ।’
प्रतिक्रिया दिनुहोस