
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ भने ९८४१ जना निको भएर घर गएका छन् ।
त्यस्तै, २०११० जनामा कोरोना परिक्षण गर्दा आज ६९५१ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । विहीबार ६,९३९ जना नयाँ संक्रमित थपिएका थिए भने १०६ जनाको ज्यान गएको थियो । त्यस्तै विहीबार मुक्त हुनेको संख्या ७,२२६ थियो । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस