
काठमाडौं । नेपालमा ६९५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ६८५५ जना र एन्टीजेन परिक्षणबाट ९६ जना गरि जम्मा ६९५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ४९ हजार १११ रहेको छ । संक्रमित मध्ये चार लाख २८ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६९८४१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ९६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७०४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस