aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

उदयपुरका युवाहरुद्धारा स्वास्थ्य सेवा सञ्चालन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
उदयपुरका युवाहरुद्धारा स्वास्थ्य सेवा सञ्चालन गर्दै

उदयपुर । उदयपुरको रौतामाइ गाउपालिका ४ पोखरीका युवाहरुले स्वास्थ्य सेवा सञ्चालन गर्न युवाहरुद्धारा सहयोग संकलन गरेका छन् । स्थानिय युवाहरुको सक्रियतामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गर्न ५५ हजार ८ सय ९३ रुपैयाँ सहयोग संकलन गरेका हुन् । 

पोखरीको विभिन्न बस्तिमा परिक्षण गर्दा दर्जन भन्दा बढीमा कोरोना पोजेटिभ देखिएपछि सहयोग रकम संकलन गरेर निशुल्क स्वास्थ्य सेवा संचालन गर्न लागेको युवा प्रलाद खत्रीले बताए ।   

खत्री भन्छन्, ‘हामी स्थानिय युवाहरूको सक्रियतामा सहयोग रकम संकलन गरेर आधारभुत स्वास्थ्य सेवा संन्चालन गर्न लागेका छौं ।स्वदेश तथा विदेशमा रहेका युवाहरुले आफ्नो गाँस काटेर सहयोग गर्नु भएको छ । अझै पनि सहयोग रकम संकलन गर्दैछौं । यसबाट हामीले आधारभुत स्वास्थ सेवा सञ्चालनमा ल्याउन लागेका छौं ।’ 

उनका अनुसार सहयोगी व्यक्तीहरुबाट हाल सम्म ५५ हजार रकम संकलन भइसकेका छ । रकम संकलन कार्य निरन्तर भइरहेको हुँदा अझै एक लाख ५० हजारसम्म संकलन गर्ने लक्ष्य रहेको छ । 

करारमा स्वास्थ्यकर्मी नियुक्ति गरि समुदायका सपूर्ण बिरामीहरुलाई निशुल्क सेवा प्रबाह गरिने तयारी गरेको बताउँदै उनले भने, ‘ठूलो बस्ती रहेको पोखरीमा स्थानीय सरकारले कुनै सहयोग गरेन । हामीले संकलन गरेको रकमबाट औसधि, पीपीई सेट, फेससिल, गोल्ब्स, माक्स, सेनिटाइजर, थर्मोमिटर, अक्सोमिटर र ज्वरो, रुघाखोकी, निमोनिया, टाइफाइड र झाडापखालाको औषधि पनि खरिद गरिसकेका छौं ।’ संकलन गरेको औषधि आइतबार वितरण गरिने उनले बताए । साथै क्वारेन्टाइन र आइसोलेसन वार्ड पनि बनाउने तयारी रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस