aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप ४४८७ जनामा कोरोना संक्रमण, ६०८० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
थप ४४८७ जनामा कोरोना संक्रमण, ६०८० जना निको भए

काठमाडौं । नेपालमा ४४८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४३११ जना र एन्टीजेन परिक्षणबाट १७६ जना गरि जम्मा ४४८७  जना नयाँ संक्रमित थपिएका हुन् ।      

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ रहेको छ । संक्रमित मध्ये चार लाख ३४ हजार ७५० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक लाख ११ हजार ५०९ रहेको छ ।       

पछिल्लो २४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ११६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७१६३ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस