
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिइने घोषणा गरेका छन् । स्नातक तह माथिकाले यो सुविधा पाउने उनले बताए ।
त्यसैगरि, अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बालविकासका शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुयार्एको पनि बताए । उनले बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस