aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

विमान स्थलको नाम परिवर्तनमा पूर्वमन्त्रीको विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
विमान स्थलको नाम परिवर्तनमा पूर्वमन्त्रीको विरोध

काठमाडौं । ताप्लेजुङ स्थिति सुकेटार विमान स्थलको नाम परिवर्तन भएको प्रति योगेश भट्टलाईले आपत्ति जनाएका छन् । नेकपा नेता, ताप्लेजुङबाट विजयी पूर्व सासद तथा पूर्वमन्त्री भट्टराईले असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिने आफ्ना फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि छलफल र विमर्श आवश्यक भएको छ ।’

उनले सरकारको विरोध गर्दै भनेका छन, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । ’

सरकारले शनिबार सार्वजनिक गरेको बजेट बक्तव्यमा सुकेटार विमान स्थलको नाम एमालेका नेता तथा पूर्वमन्त्री रविन्द्र अधिकारीको नाम राखेको थियो । 


 

प्रतिक्रिया दिनुहोस