aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी

काठमाडौं । केहि दिनदेखि नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४३६९ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको हो । 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस